५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

सिएमसी काभ्रेको आयोजनामा ‘सहकारीमा सुरक्षा संयन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


काभ्रे । कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको आयोजना र अल्ट्रानेट कम्युनिकेशनको प्राविधिक सहयोगमा जिल्ला सहकारी संघ लि. काभ्रेको सभा हलमा ‘सहकारीमा सुरक्षा संयन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष मदन बस्नेतको सभापतित्वमा संचालित कार्यक्रममा जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष दिलिप शर्मा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । काभ्रे जिल्लामा संचालनमा रहेका विभिन्न सहकारी संस्थाहरुबाट ४० जनाको सहभागिता रहेको कार्यक्रमलाई हिकभिजन नेपालका तर्फबाट सुप्रिम कोईराला र रुपेश बस्नेतले सहजीकरण गर्नु भएको थियो । दिनानुदिन सहकारी संस्थाहरुमा चोरी डकैती बढ्दै गएको र सुरक्षा चुनौती थपिदै गएको सन्दर्भमा संस्थाहरुलाई सुरक्षित बनाउनको लागि पहलकदमी स्वरुप कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । क्लबका सचिव ठाकुरनाथ अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई क्लबका उपाध्यक्ष गोपाल दाहालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि