२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

मिलिजुली कालिञ्चोक साकोसको अध्यक्षमा गौतम निर्वाचित, नवनिर्मित भवनको उद्घाटन


दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको ३० औं वार्षिक साधारण सभाबाट कृष्णबहादुर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

साधारण सभाबाट संचालक समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठ), सचिवमा ठाकुरप्रसाद पाठक, सहसचिवमा अर्जुन प्रसाद चौलागाई र कोषाध्यक्षमा सुरेशचन्द्र खड्का निर्वाचित भएका हुन् ।

संचालक समितिको सदस्यमा देवेन्द्र अर्याल, लक्ष्मी थापा, नवराज रिजाल, पुष्कर कुमार श्रेष्ठ, अनिता खड्का श्रेष्ठ, बिनिता सुवेदी भण्डारी, रविलाल श्रेष्ठ, राजेश उप्रेती, रमेश चौलागाई, रुद्रजंग बुढाथोकी, शारदा थापा र सुजन काफ्ले निर्वाचित भएका छन् ।

सभाले नारायण प्रसाद सापकोटाको संयोकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । समितिमा भीमसेन बस्नेत र फत्त बहादुर श्रेष्ठ सदस्य रहेका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा संस्थाले नवनिर्मित भवनको उद्घाटन समेत गरेको छ । संस्थाले ५ करोड ४४ लाख लागतमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको हो ।

आर्थिक बर्ष २०७९÷८० असार मसान्तसम्म संस्थाको शेयर पुँजी ७ करोड ८२ लाख ५२ हजार, बचत संकलन ९१ करोड ३ लाख र ऋण लगानी ९८ करोड २९ लाख ८५ हजार रहेको छ ।

संस्थाका विभिन्न कोषहरुमा गरी १२ करोड ६१ लाख ५५ हजार, स्थिर सम्पत्ति १० करोड ९७ लाख र बाह्य ऋण ११ करोड ३३ लाख रहेको छ । संस्थाको कुल वासलात १ अर्ब २६ करोड १० लाख पुगेको छ । संस्थामा २५ हजार ६५ जना सदस्य र ९ हजार २६९ जना बाल सदस्य गरी ३४ हजार ३३४ जना सदस्य पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि