३० बैशाख २०८१, आइतबार / Sun May 12, 2024

आवर स्ट्याण्डर्ड साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न


बनेपा । आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लि. को एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बागमति प्रदेश बचत तथा ऋण सहकारी सघं लि. (प्रोस्कुन) का अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रत्नकुश रंजितकारले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सहकारी संस्था लगायत सामाजिक रुपमा क्रियाशिल सामाजिक संस्थाका नेतृत्वदायि भुमिकामा रहनु भएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । संस्थाले विभिन्न बचत तथा कर्जामा उत्कृष्ट सदस्य तथा सामाजिक रुपमा समाजलाई योगदान दिने व्यक्तिलाई समेत सम्मान गरेको छ । यस्ता सम्मान गत वर्षहरुमा समेत गर्दै आएको थियो ।


कार्यक्रममा उल्लेख्य मात्रामा शेयर सदस्यको उपस्थितीले सहकारीप्रतिको विश्वास र सद्भाव अझ प्रगाड भएकोे संस्थाका प्रबन्धक राजाराम घोरासाइनेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि