२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

जनसचेतन साकोसका कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न


दोलखा । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५, काब्रेमा मुख्य कार्यालय भई सेवा प्रदान गर्दै आएको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारीहरुको क्षमता विकास तालिम काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।
पुस १३ गतेदेखि सञ्चालित तालिम ३ दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रम समापन समारोहमा प्रमुख अतिथि नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता साकोसका अध्यक्ष हेमन्त चौलागाईले गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले गर्नुभएको थियो ।


विगतमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त जनसचेतन साकोस समुदायमा आधारित सदस्य केन्द्रित बचत तथा ऋण सहकारी संस्था हो । साकोसको स्थापना २०५० सालमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि