२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

काभ्रेपलाञ्चोक जिल्ला बचत संघको २६ औं साधारणसभा सम्पन्न, विभिन्न विधामा सम्मान


काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि।को २६ औैं वार्षिक साधारण सभा बनेपामा सम्पन्न भएको छ । अध्यक्ष उदयराम कायस्थको सभाध्यक्षता र बागमती प्रदेश, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि खतिवडाले बागमती प्रदेश जिल्लामा सबै भन्दा धेरै सहकारी संस्थाहरु भएको र राज्यको राजश्व योगदानमा ठुलो योगदान रहेको प्रदेशमा सहकारी सम्बन्धी प्रशासनिक कार्य गर्ने, नियमन गर्ने सहकारी रजिष्टारको कार्यालय स्थापना समेत नहुनु राज्यको तर्फबाट कमी भएता पनि सहकारी संस्थाहरु प्रजात्रान्तिक ढङ्गले स्थापना भई आफै स्वनियमन, स्वनियन्त्रण र स्वमुल्यांकन गर्ने कार्य स्वंयम संस्थाका सदस्यहरुले नै गर्ने भएको हुँदा राज्यले हस्तक्षेप गर्दा के हुन्छ त्यो विषयमा बहस गर्न जरुरी रहेको कुरा बताए । सहकारीको मर्म र सिद्धान्त अनुसार संचालन गरेमा संस्थाको विकास र प्रवर्धन हुने कुरा जिकिर गर्दै सहकारी क्षेत्रमा देखिएको समस्यालाई शुद्धिकरण गर्ने समय आएको भन्दै प्रदेश सहकारी मन्त्रालयले थप जनशक्ति व्यवस्थापन गरि संस्थाह?को निरन्तर अनुगमन र निरीक्षण गरि अभियानलाई निरन्तरता दिने उल्लेख गरे । सहकारी संस्था र बचतकर्ताको संरक्षण गर्ने दायित्व राज्यको भएको उनले बताए ।

जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष दिलिप शर्माले काभ्रेको सहकारी अभियानमा देखा परेको समस्याहरुलाई निराकरण एवं समाधान गर्नाका लागि जिल्ला बचत संघसँग सहकार्य गर्न तयार रहेको जनाए । बागमती प्रदेश संघका संचालक कृष्णप्रसाद तिमल्सिना, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा र राष्ट्रिय सहकारी बैंक लि. का संचालक ध्रुवराज विष्ट लगायतले संघलाई शुभकामना दिएका थिए ।

संघका सल्लाहकार इन्द्रप्रसाद अधिकारीले सहकारी ऐन, नियमावली कार्यन्वयनमा राज्यको ढिलासुस्ती तथा उदासिनता र तिन तहको सहकारी ऐन, नियमावलीले कार्यान्वयन गर्न उत्पन्न गरेको समस्याहरुको बारेमा राज्यका सम्बन्धित निकायलाई ध्यानकर्षण गराउँदै केहि व्यक्तिहरुले वित्तीय अराजकता फैलाई सहकारी प्रति अविश्वास पैदा गराउने किसिमको कार्य गरी संस्थाबाट लिएको ऋण मिनाह हुन्छ भन्नु र लाग्नु मुखर्ता हुने जनाए ।

सभामा संघका वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले विगत झैं उत्कृष्ट कारोबार गर्दै आएको यस संघले विभिन्न समस्याहरुको बाबजुद पनि त्यो उत्कृष्टतालाई निरन्तरता दिन संघ सक्षम रहेको बताए ।

सभामा संघका सचिव सुरेन्द्र प्रसाद पौडेलबाट आ.व. २०७९।०८० को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०८०।०८१ को वार्षिक कार्यक्रम तथा योजना प्रस्तुत गरे । संघका कोषाध्यक्ष जिवन श्रेष्ठले आ.व. २०७९।०८० को आर्थिक प्रतिवेदन र आ.व. २०८०।०८१ को वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

लेखा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद आचार्यले संघको विनियम २०७९ बमोजिम प्रस्तुत गरिएको आ.व. २०७९।०८० को प्रतिवेदनमा उल्लेख गरिएका राय, सल्लाह र सुझावहरुलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई ध्यानाकर्षण गराएका थिए ।

सभामा संघको वित्तीय कारोबारमा योगदान पु¥याएका सदस्य संस्थाहरुको तर्फबाट अधिकतम शेयर खरिदमा समग्र तर्फबाट बनेपा न.पा. ४ अवस्थित उग्रचण्डी साकोस, अधिकतम बचत कारोबारमा समग्र तर्फबाट धुलिखेल न.पा. वडा नं. ४ अवस्थित अटल पाँचकुण्ड साकोस, अधिकतम ऋण कारोबारमा समग्र तर्फबाट बनेपा न.पा.वडा नं. ८ अवस्थित बनेपा साकोस, गाँउपालिकाबाट अधिकतम ऋण कारोबार गर्ने चौंरीदेउराली गाँउपालिका वडा नं. ३ अवस्थित शैलुङ्गेश्वरी साकोस, महिला सहकारीहरुबाट अधिकतम शेयर खरिद गर्ने बेथानचोक वडा नं. ४ अवस्थित बेथानचोक नारी चेतना साकोस, अधिकतम बचत कारोबार गर्ने बनेपा न.पा. वडा नं. ७ अवस्थित नारी चेतना साकोसलाई वित्तीय कारोबारमा योगदान पु¥याए बापतको विधामा पुरस्कृत भएका छन् ।

त्यसैगरी कुशल व्यवस्थापनका साथ संस्थाका शेयर सदस्यहरुको हितमा उल्लेखनीय कार्य गरी संस्थाको विकासमा अतुलनीय योगदान पु¥याएकोमा मनकामना साकोस प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल र महिला तर्फबाट आयाम साकोसकी प्रमुख कार्यकारी अधिकृत सविना पन्तलाई काभ्रेपलाञ्चोक जिल्लाकै उत्कृष्ट व्यवस्थापन प्रमुख – २०७९।८० बाट विभुषित गरिएको छ । संघकी उत्कृष्ट कर्मचारी रुपमा कार्यालय सहयोगी अमृता नेपाल सम्मानित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि