२९ बैशाख २०८१, शनिबार / Sat May 11, 2024

विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई श्री कल्याणकारी सहकारीबाट शैक्षिक सामाग्री वितरण


काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिका (माझिफेदा) मा रहेको श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले ‘समुदायसँग कल्याणकारी’ कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका अत्यन्तै विपन्न तर जेहेन्दार बिद्यार्थीलाई शैक्षिक राहत कार्यक्रम अन्तर्गत विपन्न तर जेहेन्दार बिध्यार्थिलाई शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामाग्री अभाव नहुने गरि हरेक वर्ष विद्यालय पोशाक, जुत्ता, झोला तथा आवश्यक स्टेशनरी सामाग्री वितरण सुरु गरेको छ । यस वर्ष श्री सुर्य हिमालय आधारभूत बिद्यालयका कक्षा ३ मा अध्ययनरत कुसुम तामाङ र कक्षा १ अध्ययनरत पेन्जु तामाङलाइ कक्षा १२ सम्म अध्ययनको लागि पहिलो वर्षको शैक्षिक सामाग्री पुस २१ गते शनिवारका दिन वितरण गरेको छ ।
यस कार्यक्रम अन्तर्गत संस्थाले २ जनाबाट सुरु गरि १२ औं वर्ष पुग्दा सम्म हरेक वर्ष २४ जना आर्थिक अवस्था कमजोर भएका तर जेहेन्दार बिध्यार्थिलाई कक्षा १२ सम्म अध्ययनको लागि चाहिने सबै सामाग्री उपलब्ध गराइ संस्था र सहकारीको एम्बेसडरको रुपमा उत्पादन गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष लक्ष्मण गौतमले जानकारी दिनुभएको छ ।
कार्यक्रममा चौरीदेउराली गाउँपालिका वडा नं ३ का वडाध्यक्ष, सोहि वडाको माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु चौलागाईं, श्री सुर्य हिमालय आधारभूत बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा पदाधिकारीहरु साथै श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार, व्यबस्थापक तथा कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि