५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

झण्डै २० वर्ष पत्रकारिता अनुभव सँगालेर संचार मन्त्री भएका को हुन् गोकुल बास्कोटा ?


३ चैत । काठमाडौं

प्रधानमन्त्री केपी ओलीले संचार राज्यमन्त्रीमा काभ्रेका गोकुल बास्कोटालाई नियुक्त गरेका छन् । काभ्रे २ बाट प्रतिनिधिसभामा अत्याधिक मत ल्याएर बास्कोटा विजयी भएका थिए । काभ्रे एमाले अध्यक्ष, एमाले केन्द्रीय स्कूल विभाग सदस्य भइसकेका बास्कोटा ओलीका विश्वासत्रपात्रसमेत मानिन्छ । खरो र प्रष्ट वक्ता बास्कोटा पहिलोपटक सांसद बनेयता नै भावी मन्त्रीका रुपमा हेरिएका थिए । अरु नेताको जस्तो चर्चा नभए पनि उनी मन्त्री बन्नेमा विश्वस्त थिए ।

राज्यमन्त्री बनाइए पनि प्रधानमन्त्री केपी ओलीले संचार मन्त्री नबनाउँने उनी निकट स्रोत बताउँछ । यसकारणा उनले संचारमन्त्रीकै हैसियतमा काम गर्नेछन् । मन्त्रिपरिषद्काे बैठकमा पनि सहभागिता जनाउँनेछन् ।‘प्रधानमन्त्रीले संचारमन्त्री बनाउनुहुँदैन । बास्कोटाले यो मन्त्रालय चलाउँने पक्कापक्की छ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सामान्यतः संचारमन्त्री सरकारको प्रवक्ता हुने प्रचलन छ । सरकारले बास्कोटालाई नै सरकारको प्रवक्ता नियुक्ति गर्ने सम्भावना धेरै छ ।’

नेता बास्कोटा प्रतिनिधिसभामा दोस्रो बढी मत ल्याएर विजयी हुने नेतासमेत हुन् । माओवादीसँग तालमेल गरेर चुनाव लड्दा उनले कांग्रेसका मधु आचार्यलाई पराजित गरेका थिए । दोस्रो संविधानसभामा पनि सोही क्षेत्रबाट उठेका बास्कोटा कांग्रेसका कन्चनबादेसँग पराजित भएपछि सांसद बन्न असफल भएका थिए । तर, यसपटक उनी अत्याधिक मत ल्याएर विजयी भएका हुन् ।

एमाले काभ्रेको दुईपटक सचिव भएका बास्कोटापटक एकपटक एमाले जिल्ला अध्यक्ष भइसकेका छन् । २०४८ सालमा अखिलको जिल्ला अध्यक्ष बनेका बास्कोटा राजनीतिमा सक्रिय नहुन्जेल लामो समय पत्रिकारिता पेशामा आवद्ध थिए । अखिलको अध्यक्ष बन्दासमेत उनी पत्रकारिता पनि सक्रिय थिए ।

झण्डै २० वर्ष पत्रकारिता गर्ने क्रममा बास्कोटाले प्रसिद्ध दृष्टि, छलफल, सम्बोधनसहितका पत्रिकामा नेतृत्व लिएर काम गरे । दृष्टि साप्ताहिका चार वर्ष सम्पादक भएर काम गरेका बास्कोटाले छलफल साप्ताहिकमासमेत काम गरे । सम्बोधन साप्ताहिकमा पनि सम्पादक रहेर काम गरे । पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत भएका बास्कोटा प्रेस चौतरीको संस्थापक सदस्य पनि हुन् । दृष्टि छोडेर उनी एमालेको सक्रिय राजनीतिमा लागेका हुन् । पत्रकारिता छोडेपछि एमालेको जिल्ला सचिव हुँदै उनी राजनीतिमा सक्रिय हुँदै आए ।

उनको स्थायी ठेगाना पहिलेको काभ्रेस्थित पहिलेको नयाँगाउँ वडा नम्बर १ र अहिले मण्डन देउपुर वडा ४ हो । २०२७ सालमा जन्मिएका बास्कोटा खरो विचार राख्ने प्रष्ट वक्ता मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि