५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

कांग्रेस उपसभापतिमा गच्छदार !


काठमाडाैं, ७ चैत
नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताएका छन् ।


स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा काँग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन् ।

तर, सभापति शेरबहादुर देउवाले उपसभापति कुन नेतालाइ बनाउने भन्नेबारे निर्णय गरिसकेका छैनन् । नेता विमलेन्द्र निधि वा गच्छदारमध्ये एक उपसभापति बन्ने निश्चित जस्तै छ । गच्छदारलाइ बनाउन विधान संसोधन गर्नुपर्नेछ ।

उनले काँग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य मान्यताका लागि हजारौँले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि