६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

आरोही दावाले सगरमाथा आरोहण गर्ने


काठमाडौँ, ९ चैत । नेपाली ब्राण्डका चिया तथा कफीलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले आरोही दावा शेर्पाले यही चैत २० गतेदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुहुने भएको छ ।

दोलखाको गौरीशंकर नगरपालिका–९ सिमीगाउँकी २४ वर्षीया शेर्पाले सगरमाथामा राष्ट्रिय झण्डा फराउँदै त्यहाँको वातावरणमा चिया र कफी तयार गरी अन्य आरोहीलाई वितरण गर्नुहुने छ ।

व्यवस्थापनमा स्नातक तह अध्ययन पूरा गर्नुभएकी शेर्पाको आरोहणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायत व्यवसायी संघ संस्थाले सहयोग गर्ने बताइएको छ । उक्त आरोहण करिब तीन सातामा पूरा गरिने आरोही शेर्पाले जानकारी दिनुभयो । यसअघि उहाँले दोलखाकै छ हजार मिटर अग्लो राम्दुङ हिमाल र पाँच हजार मिटर अग्लो यालुङ हिमाल आरोहण गरिसक्नुभएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले मुलुकको चिया तथा कफी उद्योगको विकासका लागि शेर्पाले गर्ने आरोहण महत्वपूर्ण रहेको बताउँदै बोर्डले आगामी दिनमा उहाँलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि