१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

लक्ष्मी महिला साकोसले मनायो २६ औं स्थापना दिवस


काभ्रे । पनौती नगरपालिकाको चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले विशेष कार्यक्रमको आयोजना गरी २६ औ स्थापना दिवस मनाएको छ ।
संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षतामा पनौती नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा संस्थाले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा स्थापना कालका तदर्थ संञ्चालक समितिका पदाधिकारीहरुलाई सम्मान र २०७९ सालका एस.ई.ई उतिर्ण विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिनोद खत्री, बामगती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रे का अध्यक्ष दिलिप शर्मा र जिल्ला बचत संघ काभ्रेका सहसचिव बिकास बादे लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।


संस्थाले यस आर्थिक बर्षको फागुनसम्म २ करोड ९० लाख शेयर पुँजी, १ करोड ४३ लाख ८९ हजार जगेडा कोष,८१ लाख ४८ हजार विभिन्न कोषहरु र १ करोड ५० लाख ४९ हजार कूल संस्थागत पुँजी बनाउन सफल भएको छ । त्यसैगरी यस अवधिमा २० करोड ६६ लाख ९४ लाख बचत संकलन, १८ करोड ४७ लाख ऋण लगानी गरी कूल सम्पत्ति २६ करोड ९ लाख ६३ हजार पुगेको छ । संस्थामा ३ हजार १२४ जना महिला सदस्य आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि