१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

झापामा मेसिनले यसरी रोपियो धान


झापास्थित धान सुपर जोन क्षेत्रमा आइतबार १६औं राष्ट्रिय धान दिवस मनाइएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोनमा मेसिन र हातले धान रोपेर दिवस मनाइएको हो ।

कचनकवल गाउँपालिका ६ बनियानीस्थित नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाको जमिनमा सामूहिक रोपाइँ गरिएको थियो। राइस प्लान्टर र ड्रम सिडरले धान रोपाइँ गरिएको थियो।

परियोजनाले यान्त्रीकरण भित्र्याएपछि सुपर जोन क्षेत्रका किसान धान रोप्ने, गोड्नेदेखि काट्नेसम्मको काम मेसिनबाटै गर्न थालेका छन्। यो खबर आजको कान्तिपुरमा अर्जुन राजवंशीले लेखेका हुन्। माटो हिल्याएर राइस प्लान्टर र ड्रम सिडरले धान रोपाइँ गर्दा लागत घट्ने गरेको किसानको भनाइ छ ।

‘पहिला र अहिलेको असार १५ को महत्त्व नै फेरियो,’ खेतको आलीमा उभिएर राइस प्लान्टरले धान रोपेको हेर्दै गरेकी स्थानीय देवीमाया खडकाले भनिन्, ‘पहिला असार १५ साह्रै रमाइलो हुन्थ्यो । गाउँका सबै भेला भएर धान रोप्थ्यौं । अहिले त मेसिनले नै रोपाइँ गर्न थालेको छ।’

‘सामूहिक रोपाइँ हुन्छ भनेको सुनेर हामी आएका थियौं । धान रोप्न हिलोमा छिर्नु नै परेन,’ सीता भुजेलले भनिन्, ‘समयको माग हो । अहिले सबैतिर मेसिनले नै धान रोप्ने गरिन्छ। असार १५ मा पनि धान रोप्नु परेन।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि