१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

सम्पत्ति शुद्घिकरण गर्न खोजेको आरोपबारे गायिका आनीले यस्ताे भनिन्


काठमाडौं । गायिका आनी छोइङ डोल्माले सम्पत्ति शुद्घिकरण गर्न खोजेको भन्ने आरोपबारे मुख खोलेकी छन् ।

उनले प्रेस विज्ञप्ति जारी गरी आफूले सन् १९९८ मा स्थापना गरेको नन्स वेलफेयर फाउन्डेसन (भिक्षुणी सेवा संघ) र आरोग्य फाउन्डेसनले विदेशमा दाताबाट प्राप्त दानदक्षिणा र कन्सर्टमा आर्जन गरेको रकम बैंकमा रोकिएको बताएकी छन् ।

‘विगतमा पनि रकम ट्रान्सफर भएर आउँदा भोगचलनमा बाधा भएन’,आनीले भनिन्, ‘बैंकले पनि बाहिरबाट रकम भित्र्याउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ भनेर कहिल्यै जानकारी दिएन ।’

आनीको मेगा बैंकको खातामा गत वर्ष वैशाखमा हङकङमा चिनियाँ मूलका व्यक्तिले ट्रान्सफर गरेको १६ लाख ४९ हजार डलर रोकिएको छ । आनीले भने यसअघि पनि एक लाख–दुई लाख डलर बैंकबाट भित्र्याउने गरेको र भोगचलनमा कुनै समस्या नआएको बताएकी छन् ।

आफूले कारोबार गरिरहेको बैंकले यसरी रकम ल्याउन पहिले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु भनेर आफूलाई कहिल्यै सचेत नगराएको भनेर उनले गुनासो पोखेकी छन् ।

‘मैले वैधानिक रूपमा कमाएको, दानदक्षिणा पाएको रकम भएकाले पारदर्शी भएर बैंकमार्फत् ल्याएकी हुँ’ उनले भनिन्, ‘यस्तो कानुनबारे मैले कारोबार गर्ने गरेको बैंकले जानकारी गराएको भए यो अड्चन र आरोप भोग्नुपर्ने थिएन कि !’

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सम्पती शुद्घीकरणको आशंकामा अनुसन्धान गरिरहेको छ । यो अनुसन्धान प्रारम्भिक चरणमा । विज्ञप्तिमा उनले प्रारम्भिक अनुसन्धानकै क्रममा आफूमाथि गलत प्रचारप्रसार भई प्रतिष्ठामा आघात पुगेका प्रतिदुःख व्यक्त गरेकी छन् ।

वित्ताीय जानकारी इकाइले सम्पत्तिा शुद्घिकरणको आशंकामा भन्दै पैसा रोकेको भए पनि आशंका अनुसारका प्रमाण जुटाउन सकेको छैन । आफूले नेपाल राष्ट्र बैंक र सम्पत्तिा शुद्घिकरण अनुसन्धान विभागमा प्राप्त गरेको रकमको स्रोतबारे जानकारी गराइसकेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र बैंक र सम्पती शुद्घिकरण अनुसन्धान विभागबाट हुने अनुसन्धानमा आफूले सबै सहयोग गरेको र उक्त अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने विश्वास रहेको आनीको भनाइ छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि