भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियाको सम्पत्ति छानबिनमा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।
बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो ।
विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गा जमिनसहितको लगानीलाई पनि छानबिनको दायरामा ल्याएको छ । नागरिक दैनिकबाट