१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

अफगानिस्तानको सत्ता कब्जा गरेसँगै तालिबानले बन्द गर्‍यो भारतसँगको व्यापार


एजेन्सी । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे ।
फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात-निर्यात रोकिने भएको छ ।
भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ । भारतले अफगानिस्तानमा ड्याम, स्कुल र सडकको विकासका लागि लाखौँ अमेरिकी डलर खर्च गरेको छ ।
एफआईईओका महानिर्देशक डा. अजय सहायले समाचार एजेन्सी एएनआईलाई भनेका छन्, ‘अफगानिस्तानको स्थितिमाथि निरन्तर हाम्रो ध्यान केन्द्रीत छ । त्यहाँबाट आयात गरिने सामानहरु पाकिस्तान हुँदै भारत आउँछ । तर, अहिले तालिबानले पाकिस्तानतर्फ आउने सबै मालवाहक गाडी रोकिदिएको छ । दुवै तर्फको आवतजावत ठप्प भएको छ ।’
रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राई फ्रुट आयात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि