१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

लकडाउनमा श्रीमतीलाई भेट्न बस चोरेर गए यी श्रीमान


भारतको केरलमा लकडाउनका कारण पत्नीलाई भेट्न नपाएपछि एक पुरुषले बसै चोरेर फरार भएका छन् ।
तर पत्नीकहाँ पुग्नुअघि नै उनलाई प्रहरीले समात्यो र हिरासतमा लियो ।
दिनूप नामक ती व्यक्तिले शनिवार राति कोझीकोडमा बस स्ट्यान्डबाट एक निजी बस चोरे । आइतवार बिहान उनी कुमारकोम क्षेत्रमा प्रहरीको पक्राउमा परे ।
तिरुवलामा बस्ने पत्नी तथा बालबालिकालाई भेट्नका लागि उनी आतुर भएर बस चोरेका हुन् । लकडाउनका कारण उनी कोझीकोडबाट २७० किलोमिटर टाढा रहेको तिरुवला पुग्न पाएका थिएनन् ।
उनले कुट्टियाडीमा एक निजी बस देखे । त्यो बसमा पसेर उनले कसोकसो गरी इन्जिन स्टार्ट गरे । बसमा डीजेल फुल थियो । राति दुई ठाउँमा प्रहरीले रोक्दा उनले पथनभिट्टाबाट प्रवासी मजदूरहरूलाई लिन गएको भने । प्रहरीले उनको कुरा पत्यायो ।
तर कुमारकोम पुग्दा कोझीकोड प्रहरीबाट सूचना पाएको स्थानीय प्रहरी उनलाई समात्न तम्तयार भएर बसेको थियो । प्रहरीले बस र दिनूप दुवैलाई हिरासतमा लिएको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि