१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

‘सवारीचालक अनुमतिपत्रका लागि आवेदन खोल्ने तयारीमा यातायात विभाग’


काठमाडौं । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दा बन्द भएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा आगामी दुई साताभित्र खुला गर्ने गृहकार्य थालिएको यातायात विभागका अधिकारीहरूले बताएका छन् ।
सरकारले काठमाडौं उपत्यकासहित विभिन्न सहरमा गत वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा निरन्तर खुकुलो पार्दै लगेको अवस्थामा लाइसेन्सको आवेदन र परीक्षा थाल्ने तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशकले जानकारी दिएका छन् ।
विभागले यसका लागि काठमाडौं उपत्यकाका यातायात कार्यालय प्रमुखहरूसँग छलफल गरेको तथा उनीहरूलाई प्रदेशका सम्बन्धित निकायसँग परामर्श गरेर जानकारी गराउन अनुरोध गरेको बताइएको छ ।
अहिले यातायात कार्यालयहरू प्रदेश सरकारमातहत रहने र छुट्टाछुट्टै कार्यालयले सूचना जारी गर्नुभन्दा एकीकृत सूचना सार्वजनिक गर्न उपयुक्त हुने आफूहरूको धारणा रहेकाले त्यसैअनुरूप कुराकानी भएको यातायात व्यवस्था विभागले बताएको छ ।
अहिले विभिन्न विश्वविद्यालयका परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको अवस्थामा लाइसेन्स प्राप्तिका हकमा पनि समस्या नहुने अपेक्षा विभागको छ ।
शुक्रवारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निश्चित शर्त पालना गरेर लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख छ ।
वैशाख १६ गते ट्रायल परीक्षा वा लिखित परीक्षाका लागि मिति उपलब्ध गराइसकिएको र अब परीक्षा हुने दिनका लागि समय पाएकाहरूलाई (साउन ९ बाट खुल्यो भने त्यसै दिनका लागि मिति पाएको) एकैपटक परीक्षा गराएर निषेधाज्ञाका कारण रोकिएका आवेदकहरूका साथै नियमित प्रक्रिया नमिचिनेगरी परीक्षा अघि बढाउने गरी छलफल गरिएको बताइएको छ ।
अहिले देशैभरि ४,५०,००० जनाभन्दा बढी सर्वसाधारणले लाइसेन्सका लागि आवेदन दिएको बताइएको छ । आवेदन अनलाइन दिने भएकाले नरोकेको भए पनि हुन्थ्यो तर त्यो बढ्दै गएर निकै ठूलो सङ्ख्या हुने भएकाले मानिसलाई मनोवैज्ञानिक त्रास नबनोस् भनेर रोकिएको बताइएको छ ।
गत वैशाख १५ गतेसम्म सर्वासाधारणहरूले लाइसेन्स प्राप्तिका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि