४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

यूएई स्थित नेपाली दूतावासमा ‘टोकन प्रणाली’ लागु, गुणस्तरीय सेवा पाउने विश्वास


यूएई – यूएईको आबुधाबीस्थित नेपाली दूतावासले टोकन प्रणाली लागू गरेको छ । दूतावासमा सेवा लिन आउने सेवाग्रहीलाई समयमै स्तरीय सेवा प्रदान गर्ने भन्दै दूतावासले सोमबारदेखि टोकन प्रणाली सुरु गरेको हो ।


दूतावासको प्रवेश कक्षमा टोकन प्रणाली यन्त्र र नम्बर देखाइने एलईडी डिस्प्ले राखिएको छ । त्यहीँबाट सेवाग्राहीलाई टोकन वितरण गर्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले टोकन प्रणालीको उद्घाटन गर्नुभयो । यस अघि भारतका लागि कार्यवाहक राजदूत हुँदा पनि प्रसंशनीय कार्यसम्पादन गरेका थिए ।


दूतावासमा आउने सेवाग्राहीलाई धेरै समय पर्खिन नपरोस् र झण्झट नहोस् भन्नका लागि टोकन प्रणाली लागू गरिएको दूतावासले जनाएको छ । अब दूतावास आउने हरेक सेवाग्राहीले सम्बन्धित कामका लागि आवश्यक कागजात ल्याए, नल्याएको दूतावासका कर्मचारीले प्रवेशद्वारमै हेर्नेछन् ।
आवश्यक कागजात भएका सेवागा्रहीलाई मात्र कुपन दिएर सम्बन्धित कक्षमा पठाइने दूतावासका अधिकारीले बताएका छन् ।


टोकन प्रणाली लागू भएसँगै दूतावासको प्रवेशद्वारमा राखिएको लकरमा आफ्नो झोला, मोबाइल तथा विद्युतीय उपकरण राख्ने र प्रवेश अनुमति लिएर सेन्सर चेकिङ हुँदै टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि