२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

उत्तर कोरियाको कब्जामा रुसीे जहाज, १७ कर्मचारी समातिए


एजेन्सी – उत्तर कोरियाले रुसको जहाज कब्जामा लिएको छ । त्यहाँ सम्बद्ध १७ कर्मचारीलाई हिरासतमा लिएको रुसी दूतावासले पुष्टि गरेको छ । प्रवेश नियमावली उल्लंघन गरेको भन्दै उत्तर कोरियाले उक्त जहाज कब्जामा लिएको हो ।


१५ जना रुसी र २ जना दक्षिण कोरियालीहरूलाई साउन १ गते नियन्त्रणमा लिई, उनीहरूलाई वोनसान शहरस्थित होटलमा राखिएको जानकारी प्राप्त भएको छ ।
उक्त जहाज माछा मार्नका लागि उपयोग गरिने र त्यसको स्वामित्व नर्थईस्ट फिशरी कम्पनीमा रहेको रुसी दूतावासले जनाएको छ ।


रुसले उत्तर कोरियासँग निकट सम्बन्ध कायम गरेकाले व्यापारिक साझेदारी पनि गर्ने गरेको छ ।
दक्षिण कोरियाले उत्तरसँग तनाव घटाउन विभिन्न प्रयास गरेको भएता पनि शउलको अनुमतिबिना दक्षिण कोरियालीहरू उत्तर कोरिया जान प्रतिबन्ध कायमै छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि