३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

असारे विकासले कतै देश टाट पल्टाउने त हैन !


मिडिया क्लब नेपाल


नेपालमा आर्थिक वर्षको अन्त्य अर्थात असारमा मात्र विकास निर्माणका कार्यहरु हुने गरेका छन् ।
असार मसान्तभित्र रातारात गरिएका पूर्वाधार विकास निर्माणका काम बाटोघाटो, पुलपुलेसा तथा अन्य भौतिक संंरचना वर्षा याममै क्षतविक्षत भएपछि नेपाली जनताले विकासको उपभोग १ महिना पनि गर्न पाउँदैनन् ।

जनताको करबाट बनेका यस्ता विकासहरुले एक त वर्षेनी राज्यको अर्बाैको ढुकुटी रित्याउँदैछन् भने अर्काे तर्फ ती विकासले निम्त्याएका प्राकृतिक प्रकोपले जनताले ज्यान पनि गुमाइरहेका छन् । साथै अर्बाै रुपैयाँ खर्चेको विकास जनताले उपभोग गर्न नपाई तहसनहस हुने गरेको छ ।


गरिब जनताले तिरेको करको दुरुपयोग भइरहेको छ । गरिब जनता विभिन्न शिर्षकमा कर तिर्दै जाने तर खर्च गर्ने तथा योजना तर्जुमा गर्ने स्तरबाटै यसरी नै दुरुपयोग हुँदै जाने हो भने देश टाट पल्टिन बेर छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि