२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

खाडिचौर–चरिकोट सडक – ठेकेदारको लापरवाही, नियमक निकाय तमासे


मिडिया क्लब नेपाल – दोलखा

ठेकेदारको लापरवाहीले राजमार्ग यो दूरावस्था हुँदा सिन्धुपाल्चोकका झण्डै ७० हजार र दोलखाका तीन लाख सर्वसाधारण यातायात सेवाबाट बञ्चित

निर्माण कम्पनीको लापरवाहीले दोलखा जोडने मुख्य राजमार्ग दूरावस्थामा पुगेको छ । दैनिक हजारौ यात्रु ओहोरदोहोर गर्ने दोलखा जोड्ने एकमात्र पुष्पलाल राजमार्ग बन्द भएपछि दोलखामा अघोषित नाकाबन्दी लागेको जस्तै भएको छ । बिरामी तथा गर्भवती महिला स्वास्थ्य सेवा लिन अस्पताल जान समेत सकेका छैनन् ।

पुष्पलाल राजमार्गमा बल्लतल्ल यातायात संचालन भएपनि ५५ किलोमिटर सडक पार गर्न कम्तिमा १२ घण्टा लाग्छ । हिलाम्य राजमार्गमा सवारी साधन बीचमै फसेर यात्रु बाटोमै रात कटाउन बाध्य छन् ।

दुरीका हिसाबले केही लामो भएपनि बैकल्पिक राजमार्गको रुपमा लिइएको विपि राजमार्ग पनि पहिरोले क्षतिग्रस्त बनाएपछि यातायात आवातजावत सहज छैन । अहिले दोलखामा अत्यावस्यक बस्तुको ढुवानी बन्द भएको छ । सिन्धुपाल्चोकका झण्डै ७० हजार र दोलखाका तीन लाख सर्वसाधारण राजमार्गको दुरावस्थाका कारण यातायात सेवाबाट बञ्चित भएका छन् ।
अर्कोतर्फ मौसम अनुकुल नहुँदा तत्कालै उपचार लिनुपर्ने बिरामीले हवाई सेवा लिन समेत बिरामीले पाएका छैनन् । जिल्लामा औषधीलगायतको अत्यावस्यक वस्तुको ढुवानी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि