२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

पचास लाख माथिको ऋणमा प्यान नम्बर अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन


मिडिया क्लब नेपाल । काठमाडौं

बैङ्क तथा वित्तीय संस्थाले पचास लाखभन्दा बढीको कर्जा प्रवाह गर्दा प्यान नम्बर अनिवार्य गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकको सो निर्देशन गरेपछि अब कर्जा प्रक्रिया शुरु गर्नु अगावै आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने हुन्छ ।
नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाबाट रु ५० लाख भन्दा बढी कर्जा लिने ऋणीका लागि प्यान नम्बर अनिवार्य गरेको हो । यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न केन्द्रीय बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले ‘बैङ्क तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी रु ५० लाख वा सो भन्दा बढीको रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
पहिला रु। एक करोड भन्दा बढीको कर्जा प्रवाहमा लागी मात्र प्यान अनिवार्य गरिएको थियो । बैंकले आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीति सार्वजनिक गर्दै सो सीमा घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि