२९ बैशाख २०८१, शनिबार / Sat May 11, 2024

सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बनाउँदै भारत ! के हेर्दैछ नेपाल सरकार ?


मिडिया क्लब नेपाल । बाँके

भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन् । बाँकेको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो ।

झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः सुरु गरेको छ । सडकजस्तो बाँधलाई हिरमिनिया पश्चिममा समेत विस्तार गर्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिकासमेत डुबानमा पर्ने सम्भावना बढेको छ । सडकजस्तो बाँधको निर्माण रोक्न स्थानीय प्रशासनदेखि मुख्यमन्त्री हुँदै केन्द्रसम्म पहल गरिएको लक्ष्मणपुर बाँध सङ्घर्ष समितिले बताएको छ ।
भारतले सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि वर्षेनी तटीय क्षेत्रका बासिन्दा कटान र डुबानमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि