३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

देशको सिमा रक्षा गर्ने जिम्मा ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपालहरूको हो कि नेपाल सरकारको ?


एस.के. लम्साल

पृथ्वी नारायण शाहले जोडेको विशाल राज्य जोगाउन नसक्ने हामी कति राष्ट्रवादी ?
जङ्गबहादुरले राखेको जङ्गे पिलरहरुको रक्षा समेत गर्न सकेनौं, धिक्कार छ हामीलाई !

राष्ट्रवादीको पगरी भिरेर सरकारमा गएका के.पि. ओली सरकारमा छँदै असमान सन्धी सम्झौतामा छलफल, पुनरावलोकन तथा खारेज, भारतद्वारा लगाइएका उच्च बाँध, नेपाली सिमानामा गरिएका विदेशी हस्तक्षेप, वर्षेनी हुने बाढि तथा डुबान जस्ता विपतीहरुको अन्त्यको लागि दुईतिहाइ सरकारले स्वतन्त्र तथा सार्वभौम देशको हैसियतमा बोल्न, देशको भू–भाग र अखण्डताका विषयमा गम्भिर रुपमा जायज मुद्धालाई किनारा लगाउने हिम्मत जुटाउन सक्नुपर्दछ ।

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पटक–पटक सुगौली सन्धीमा गुमाएका जमिन फिर्ता लिन नेपाल सरकार, बेलायत सरकार, भारत सरकारसँग जोडदार माग गरिरहेको छ । नेपाल र बेलायतबीच सन् १८१६ मार्च ४ मा सुगौली सन्धी भई तत्कालिन नेपालको ४०% भन्दा बढी जमिन नेपाललाई नफर्काएको, तर अहिले सो जमिनमा भारतको उपनिवेश रहँदै आएको छ ।

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

मेचीपूर्व टिष्टा नदीको नगरकट्टासम्म र महाकाली पश्चिम सतलज नदीसम्मको भूभागका सम्बन्धमा बेलायत सरकारले भारतसँग समन्वय गरी उक्त नेपाली भू–भाग सकुशल नेपाललाई फिर्ता गरेर इमानदारिता र नैतिकता विश्व जगतमा पेश गर्न सक्नुपर्दछ ।

(ग्रेटर नेपालको फेसबु्क वालबाट)
(ग्रेटर नेपालको फेसबु्क वालबाट)

के एउटा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको मात्र पहलले थिचोमिचोमा परेको नेपाली भूमि फिर्ता लिई राष्ट्रियता माथि धावा बोल्ने माथिको आवाजलाई मुखरित गर्न सक्छ ?

नेपालको नक्सामा लिम्पियाधुरा कहाँ छ ? नेपालको नक्साबाट कालापनी कता हरायो ? खोइ नेपालको १००११ वर्ग कि.मी भूमि ? (ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको माग छ ।)

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

पृथ्वीनारायण शाहले आर्जेको यो मुलुक भावी पुस्तालाई कुशलतापूर्वक हस्तान्तरण गर्ने क्षमता नेपाली राजनीतिको नेतृत्वमा हुनुपर्दछ । असमान सन्धी सम्झौता पुनरावलोकन तथा खारेज गर भन्न सक्ने हैसियत राख्नु राष्ट्रियतामाथि स्वाभिमानता हो । सरकार र सरकारी निकायमा बस्नेहरूले आफ्नो देश, जनता, सिमा तथा सिमास्तम्भहरुको रक्षा गर्न सक्नुपर्दछ । देशको सिमा नै रक्षा गर्न नसक्नेहरुले कहिल्यै देशको रक्षा गर्न सक्दैनन् ।

पृथ्वीनारायण शाहले जोडेको राज्य जोगाउन नसक्ने हामी कति राष्ट्रवादी ?

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

जङ्गबहादुरले राखेको जङ्गे पिलरहरुको रक्षा समेत गर्न सकेनौं, धिक्कार छ हामीलाई !

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

देशको सिमा रक्षा गरौं भन्दा पक्राउ पर्छन फणिन्द्र नेपालहरु, कञ्चनपुरमा सिमा रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मीबाट मारिन्छन् गोविन्द गौतमहरु !

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

यो देश जोगाउने कसले ?

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

दुईतिहाइ सरकारको संसदबाट देशका सिमा रक्षा, भारतीय हस्तक्षेप र असमान सन्धी सम्झौताहरुको औचित्य छ वा छैन ? नेपाली जनतालाई जानकारी दिनु पर्छ कि पर्दैन ?
२०१५ मे १५ मा नेपालको सहमति नलिई चिनियाँ तथा भारतीय प्रधानमन्त्रीले बेइजिङमा जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपालको लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्गका रूपमा विकास गर्ने सहमति गरे । नेपालको सहमति बेगर कसरी चीन र भारतले नेपाली भूभागबारे सहमति गर्न सक्छन् ? भन्ने प्रश्न उठ्दा नेपाल सरकारले दृढतापूर्वक यो विषय उठाउन सकेन ।

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

आफ्नो भूमि, सिमा, अधिकारका जायज कुरा उठाउन कसले रोकेको छ ? के देशको सिमा थिचोमिचो हुन नदिनु फणिन्द्र नेपालहरुकै मात्र दायित्व भित्र पर्ने कुरा हो ? सरकार आफ्नो देशको रक्षा गर्ने दायित्व पूरा गर्दै नेपाल जोगाउने जिम्मा कुशलतापूर्वक वहन गर ।

(ग्रेटर नेपालको फेसबु्क वालबाट)

“नोभेम्बर १ अर्थात बेलायतले नेपालको नासो फर्काएको दिन
नोभेम्बर १ अर्थात नेपालले विभिन्न सन्धिका बखत गुमाएको नेपाली भूभाग बेलायतबाट फिर्ता पाएको दिन । बेलायत र नेपालबीच भएको यो सन्धिले इतिहासमा निकै महत्वपूर्ण मानिन्छ । सन्धि नपढी नयाँ मुलुक उपहारबारे कतिपय नेपाली दाजुभाइ, दिदीबहिनीहरूले त्यतिबेला लखनउमा भएको सिपाही विद्रोह दबाउन जंगबहादुर राणा आफैँ सेनाको नेतृत्व गरी ‘नोभेम्बर १ अर्थात बेलायतले नेपालको नासो फर्काएको दिन’ कुरा मात्र सुनेका वा पढेका छन् ।
हो लखनउ विद्रोह दबाउन जंगबहादुरले नेतृत्व गरेको नेपाली सैनिक टोली त्यहाँ पुगेर सफलता पायो । तर परिणामस्वरुप बेलायतले राणालाई ब्रिटिश इन्डियाको जमिन उपहार दियो भन्ने कुरा ‘भ्रामक र अपूरो’ बजारमा व्याप्त छ ।
ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल भन्छन् – ‘उपहार पाएको भनिएको उक्त जमिन सन् १८६० नोभेम्बर १ मा बेलायतले नेपालसँग सन्धि गरेर विधिवत् रूपमा नेपालको आफ्नै जमिन फिर्ता दिएको हो । उक्त सन्धिमा पहिले नेपालकै रहेको उक्त जमिन सुगौली सन्धिअनुसार बेलायतमा गाभिएको उल्लेख छ । सन्धिमा राप्ती नदीदेखि काली नदीसम्मको जमिन नेपालले लखनउ विद्रोह दबाउन ठूलो सहयोग गरेबापत उपहारस्वरूप नेपाललाई फर्काइदिएका छौँ भनिएको छ ।’
उनले भने,’बेलायतले उसको अधीनमा रहेको ब्रिटिश इन्डियाको जमिन नेपाललाई उपहार स्वरूप दिएको होइन । वास्तवमा यो उपहार नै होइन, बेलायतले नेपालको नासो नेपाललाई नै फर्काउने काम मात्र गरेको हो ।’ त्यसो त उनले अझै नेपालको करिब ६०,००० वर्ग किलोमिटर जमिन भारतबाट फिर्ता पाउन बाँकी रहेको कुरा विश्वसामु खुलस्त भएको पनि बताए । बेलायतले जंगबहादुरको सहयोगप्रति खुसी व्यक्त गर्दै सन्धिबाट गुमेको नेपालको भूभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरेको थियो ।”

(ग्रेटर नेपालको फेसबु्क वालबाट)
प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि