५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

धुलिखेल अस्पतालमा ५८ जनाले एमबिबिएस निःशुल्क पढ्न पाउने


दीपक तिमल्सिना । धुलिखेल

चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार मेडिकल कलेजको सिट संख्या र शुल्क चिकित्सा शिक्षा आयोगले तोक्ने प्रावधान रहेको छ । चिकित्सा शिक्षा ऐनले नै एमबिबिएसमा ७५ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षाको ग्यारेन्टी गरेको छ । सार्वजनिक मेडिकल कलेजले ७५ प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था ऐनमा स्पष्ट छ ।

तर चिकित्सा शिक्षा आयोगले सिट संख्या र शुल्क नतोक्दै अधिकांश सार्वजनिक मेडिकल कलेजले भर्ना प्रक्रिया अगाडि बढाएका छन् । शुल्क, छात्रवृत्ती तथा सिटमा आयोगलाई छल्नका लागि मेडिकल कलेजहरुले हतारहतार भर्ना सुरु गरिएको पाइएको छ ।

सार्वजनिक अस्पतालहरु मध्ये देशमा नै नाम चलेको अस्पताल हो धुलिखेल अस्पताल । साथै काठमाडौं विश्वविद्यालयको केन्द्रीय मेडिकल कलेज धुलिखेल अस्पताल सार्वजनिक संस्था पनि हो । सबैभन्दा कम छात्रवृत्ती दिने मेडिकल कलेज पनि धुलिखेल अस्पताल नै हो ।

७७ जना अध्ययन गराईरहेको यो अस्पतालले १ जनालाई मात्र छात्रवृत्ती दिने गरेको छ । चिकित्सा शिक्षा आयोगले पनि यस कलेजको सिट ७७ नै कायम गरेमा ऐनमा भएको व्यवस्थाअनुसार ७५% अर्थात ५८ जनाले निःशुल्क पढ्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि