३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यु


मिडिया क्लब नेपाल, काभ्रे । गत सोमबार काभ्रे जिल्लाको पनौतीमा टिपरको ठक्करबाट जिल्लाको खानीखोला गाउँपालिका वडा नं. १ की जुनीमाया गोले र उनकी छोरी स्मारिकाको मृत्यु भएपछि मंगलबार बिहानदेखि अनिश्चितकालिन कफ्र्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान कफ्र्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले बिहान ९ बजेदेखि अर्काे व्यवस्था नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको जानकारी दिएको छ ।

प्रजिअ तिमिल्सिनाका अनुसार पनौतीको पूर्व शंखु जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जाने बाटोको १ किलोमिटरसम्म कफ्र्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र बेथानचोक जाने बाटो तर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

कर्फ्युपछि अवस्था सामान्य रहेको र समस्या समाधानका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । पीडित र सवारी धनीलाइ वार्तामा बोलाएर निकास निकाल्ने पनि तिमिल्सिनाले बताएका छन् ।
सोमबार साँझ टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएपछि पनौती तनावग्रस्त भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते भएका छन् । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गरेको थियो । त्यसक्रममा गोलीसमेत चलेको थियो । तर गोली कसले चलायो भन्नेबारे खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि