१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

रामदेवले बनाएको औषधीले कोरोना निको हुने दाबी, तर भारत सरकारको प्रतिबन्ध


मिडिया क्लब नेपाल, काठमाडौं । भारतीय योगगुरू रामदेवले कोरोना भाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन् ।
पतन्जली योगपिठले हरिद्वारमा मंगलबार गरिएको एक कार्यक्रममा रामदेवले ‘कोरोनिल ट्याबलेट’ र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गर। यो औषधीले कोरोना भाइरसका बिरामी निको हुने कम्पनीको दाबी छ ।

क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा रामदेवले भनेका छन् – ‘पूरा देश र दुनियाँ कोरोनाको भ्याक्सिन वा औषधीको पर्खाइमा थियो। हामीलाई यो कुराको घोषणा गर्दा गर्व भइरहेको छ कि अनुसन्धान, क्लिनिकल ट्रायल र तथ्यहरूमा आधारित पहिलो आयुर्वेदिक औषधी तयार गर्न हामी सफल भयौं ।’ रामदेवले भने,‘पतन्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जयपुरको साझा प्रयासबाट औषधी तयार गरिएको हो । यी औषधी तीनदेखि सात दिनसम्म खाए बिरामी पूर्ण निको हुन्छ। हामीले ६९ प्रतिशत बिरामी तीन दिनमा र सात दिनमा सत प्रतिशत बिरामी निको भएको पाएका छौं ।’

रामदेवले कोभिड–१९ निको हुन्छ भनेर दाबी गरिएको औषधीको ट्रायलमा २८० बिरामी सहभागी थिए । उनीहरू सबै यो औषधी खाएर निको भएको बताइएको छ ।

तर मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसार गर्न रोक लगाइएको छ ।
उक्त कम्पनीले बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन समेत नभएकाले प्रतिबन्ध लगाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि