२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

‘समानान्तर सहकारीमा निक्षेप जम्मा गर्न नपाईने’


काठमाडौं । प्रारम्भिक सहकारी संस्थाहरुले समान प्रकृतिको सहकारी (प्रारम्भिक) संस्थामा निक्षेप राख्न नपाउने भएको छ । संस्था सदस्य रहेको विषयगत संघ वा सहकारी वैंक बाहेक समानान्तर अर्काे प्रारम्भिक संस्थामा बचत निक्षेप जम्मा समेत गर्न नपाउने भएको हो ।
त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने एउटा सहकारी संस्थाले सोही प्रकृतिको कारोबार गर्ने अर्काे संस्थाको शेयर खरीद गर्न नपाउने भएको छ । बागमती प्रदेश सहकारी संघरसंस्था दर्ता, संचालन, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०७७ अनुसार विषयगत संघ वा सहकारी बैंकमा राखिएको निक्षेप रकमलाई तरलतामा गणना गरिने छ ।
प्रचलित कानून तथा सहकारी ऐन तथा नियमावलीको अधिनमा रही सहकारी संस्थाहरुले साझेदारीमा उद्योग व्यवसायहरु, परियोजन, प्रशोधन कारखाना, आदि संचालन गर्न सक्ने छन् । सो जानकारी विभागलाई दिनु पर्ने मापदण्डले जनाएको छ ।
उद्योग व्यवसायको व्यवस्थापनका लागि संचालक समितिले संचालक सदस्यबाट अवधि तोकी प्रतिनिधित्व गराउनु पर्नेछ वा विनियममा व्यवस्था गरी प्रतिनिधि निर्वाचन गर्ने व्यवस्था गर्नु पर्नेछ ।
वित्तिय कारोवार बाहेकको उद्देश्यका लागि संस्थाहरुको संयुक्त वा एकल लगानीमा व्यवसाय संचालन गर्ने गरी सहकारी उद्योग वा व्यवसाय दर्ता गर्न सकिने मापदण्डले जनाएको छ । तर, लगानीको सीमा मापदण्डको दफा ३३ को उपदफा ९१० मा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि