३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

टिकटकमा नेपालका प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको टिकटक एकाउन्ट सञ्चालनमा आएको छ । अहिले युवा पुस्तामा धेरै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् ।
यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् ।
पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् । यसमा १३ हजारभन्दा बढी लाइक्स, ३ सयभन्दा बढी कमेन्ट आएका छन् । उक्त भिडियोलाई अहिलेसम्म २ सय ३२ जनाले सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि