३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

सहकारीले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा १ प्रतिशतको सिमाबन्दी


काठमाडौं । सहकारीहरुको ऋण लगानी गर्दा लिने सेवा शुल्कको सिमा तोकिएको छ । सहकारीको ऋणको ब्याजदर घटाएसँगै चर्काे सेवा शुल्क असुल्न थालेका सहकारीहरुले अब बढीमा १ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने भएका छन । यो व्यवस्था माघबाट लागु हुने सहकारी विभागले बताएको छ । निर्देशन अनुसार लघुवित्त ऋणमा भने १.५ प्रतिशसम्म सेवा शुलक लिन पाउनेछन ।

सहकारी ऐन, २०७४ को दफा ५९९३० र नियमावलीको दफा ७६ (१) (झ) बमोजिम तथा राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ र राष्ट्रिय सहकारी बैङ्कका प्रतिनिधिहरु सम्मिलित बैठकको निर्णय एवं प्राप्त सुझावका आधारमा सेवा शुलक निर्धारण गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि