४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

सिद्धबाबाको सफाइ पछि ‘के पहुँचवालाले मात्रै न्याय पाउने हो ?’ भन्दै प्रधानन्यायाधीशसमक्ष पुगिन पीडित महिला


काठमाडौं । जिल्ला अदालत, सुनसरीले बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित प्रधानन्यायाधीशसामु पुगिन् ।
आफूमाथि अन्याय भएको भन्दै पीडित महिलाले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वाेच्च अदालत पुगेकी हुन् । आफ्ना श्रीमानलाई लिएर सर्वाेच्च अदालत पुगेकी ती महिलाले प्रधानन्यायाधीशलाई भेट गर्न नपाएपछि सचिवालयमा गुनासो सुनाएर फर्केको बताइएको छ ।
जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएपछि पीडित विक्षिप्त अवस्थामा पुगेकी छिन् । त्यसपछि उनी महान्यायाधिवक्ताको कार्यालयमा पनि पुगेकी थिइन् । तर, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल कार्यालयमा नभएकाले भेट्न पाइनन् ।
जिल्लाको फैसलाप्रति महान्यायाधिवक्ताको कार्यालयले पनि गम्भीर असहमति देखाएको छ । समाचार स्रोतका अनुसार मंगलबार नै महान्यायाधिवक्ता खरेल आफ्नो टिमसहित प्रधानन्यायाधीशलाई भेट्न पुगेका थिए । सर्वाेच्चका न्यायाधीशहरुसहित भएको भेटमा खरेलले फैसलामा नभई प्रक्रियामै प्रश्न उठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि