२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

सुमित्रा सत्यालको ‘बिर्से पापिलाई’ सार्वजनिक


आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरि गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो ।

“बिर्से पापिलाई” गितले निकै र्चचा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ । गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरीदेउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरि गितको मिलन फिल्मस् बाट बजारमा आएको छ ।

गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभइ मोडल र भिडियो निर्देशक पनि हुन । उनले निकालेका धेरै गित र्दशक श्रोताको रोजाइमा परेका छन् । यस गितमा लय तथा शब्द पनि उहि गायिका सत्यालको रहेको छ । गितको छाँयाकन कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा मरुभुमी नारायणले गरेका हुन यसैगरी मेकप भने राकेश रनपाको रहेको छ भने गितमा ऐरेन्ज संजय श्रीपालले गरेका छन् ।

गितमा अभिनय भने संचारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठले गरेका छन् । गौतमले यो भन्दा पहिला बाध्य भए पराईको हुनलाई बोलको गितमा अभिनय गरिसकेका थिए । आफुले यँहि क्षेत्रमा कलम चलाउने भएको कारणले र आफुलाई रहर भएको कारणले गितमा अभिनय गरेको गौतमले जानकारी दिए । साबित्री क्षेष्ठ पनि पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल मोडल हुन । “बिर्से पापिलाई” बोलको गितलाई रोशन धिताल ले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि