१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

‘सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर’


यूकेको एक अध्ययनले धेरै सामाजिक सञ्जाल प्रयोगल गर्दा १३ देखि १९ वर्षका किशोरीकिशोरीको मानसिक स्वास्थ्य बिगार्ने देखाएको छ ।
एडुकेशन पलिसी इन्स्टिट्यूट र द प्रिन्स ट्रस्टको अध्ययनले प्राथमिक विद्यालयमा बालबालिकामा मानसिक स्वास्थ्य र आत्मसम्मानको अवस्था समान देखिएको छ ।
तर १४ वर्षको उमेर पुगेपछि किशोर र किशोरीको मानसिक स्वास्थ्यमा असर गर्ने र किशोरीको अझ धेरै बिग्रिने अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार यसको अर्को कारण व्यायामको अभाव पनि हो जुन कोभिड महामारीका कारण अझ विकराल बनेको छ ।
१४ वर्षको उमेर पुग्दा नपुग्दै तीनमध्ये एक किशोरी आफ्नो शरीरका बारेमा असन्तुष्ट हुन्छन् । यो बाल्यकालमा सात जनामा एक जनामा हुन्छ ।
सम्भावित मानसिक समस्या भएका किशोरकिशोरीको संख्या प्रत्येक छ जनामा एक जना छ । उक्त संख्या सन् २०१७ मा नौमा एक जना थियो
केटा र केटी दुवैको अवस्था किशोरावस्थामा घट्ने तर केटीमा अझ बढी घट्ने अध्ययनले बताएको छ ।
यद्यपि अध्ययनले केटीहरूको आत्मसम्मान र मानसिक स्वास्थ्य उमेर बढ्दै जाँदा स्थिर हुँदै जाने तर केटाहरूको खस्किन जारी हुने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि