२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

मौसम गडबडी : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना


काठमाडौं । अहिले देशका केही भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको महाशाखाको भनाइ छ ।
केही दिनदेखि देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाका कारण मौसममा बदली देखिएको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखि पूणर् बदली र बाँकी भू-भागमा सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोसमेत महाखाखाले बताएको छ ।
आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि