३० बैशाख २०८१, आइतबार / Sun May 12, 2024

‘चीनका कारण उत्पन्न सैन्य चुनौतीलाई लिएर नेटोको चेतावनी’


चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका छन् । ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई ‘प्रणालीगत चुनौति’ भनेका छन् ।
चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी रहेको नेटोका नेताहरुले बताएका छन् । चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप पनि नेटोले लगाएको छ ।
नेटोका जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै चेतावनी दिएका छन् । तर नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेको बताए ।

नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरुबिचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो ।
कम्युनिष्ट शासनको बिस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो । पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बिचमै संगठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएको छ ।
अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो । उनले आफ्नो देशले अरुको सुरक्षाका लागि ठूलो खर्च गरेको भन्दै सबैले समान हिस्सा बेहोर्नु पर्ने बताएका थिए ।
अहिलेका राष्ट्रपति जो बाइडेनको पहिलो नेटो बैठक हो गएको जनवरीमा सत्तामा आएयता । उनले ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूणर् शक्तिका साथ फर्किएको बताएका छन् ।
अमेरिकी ‘स्वार्थ’ का लागि नेटो रणनीतिक रुपमा महत्वपूणर् रहेको उनले बताएका छन् । उनले बुधबार जेनेभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै छन् ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि