१९ बैशाख २०८१, बुधबार / Wed May 1, 2024

चीनबाट फेरि आयो ४४ लाख भेरो सेल, सोमवारबाट वितरण अभियान सुरु (हेर्नुहोस)


चीनबाट खरिद गरेर शुक्रवार नेपाल आइपुगेको ४४ लाख मात्रा भेरो सेल खोप आगामी असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
यसअघि चीनले अनुदानमा दिएको तथा चीनसँग किनिएको भेरो सेल खोप वितरण गरिएको थियो ।
दुई मात्रा लगाउनुपर्ने उक्त खोप २२ लाख जनालाई दिन पुग्छ । एकै खेपमा नेपालमा भित्रिएको खोपको यो सबैभन्दा ठूलो परिमाण हो ।
नेपालमा सम्म ६० लाख ५७ हजारले पहिलो मात्रा र ५४ लाख ७३ हजार नेपालीले पूणर् मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार चीनबाट ४४ लाख मात्रा खोप नेपाल आइपुगेको हो ।
कतिपय प्रदेशहरूले टोली पठाएकाले त्यहाँबाट सोझै विभिन्न प्रदेशहरूमा खोप पठाइने उनले उल्लेख गरे ।
खोप अभियान सञ्चालन गर्ने जिम्मेवारी पाएको परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिले आएको खोप अर्को साताबाट वितरण गर्न थालिनेछ ।
उनले खोप वितरणको योजना पहिल्यै नै तयार पारिएको र जिल्लाहरूलाई अग्रूम रूपमा खोप वितरणको तयारी गर्न निर्देशन दिइएको जानकारी दिए ।
खोप वितरणमा विगतका अभियानमा छुटेको समूह, उमेर र पेसा अनुसार प्राथमिकता क्रममा राखिएका समूहलाई खोप दिइने अधिकारीहरूले बताएका छन् ।
अब १० वटा हिमाली जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई खोप वितरण गरिने अधिकारीहरूले बताएका छन् ।
सरकारले यसअघि नै मनाङ र मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप पाइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि