३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

गोर्खाज फाइनान्स लिमिटेडको २६ औ साधारण सभा सम्पन्न


काठमाडौं । नयाँ सञ्चालन समिति चयन गर्दै गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक बर्ष २०७६/७७ को २६ औ साधारण सभा होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको छ । साधारण सभाबाट संस्थापक शेयरधनी तर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई, कणर् बहादुर राई, तथा साधारण शेयरधनि तर्फवाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् । त्यसैगरी स्वतन्त्र संचालकमा प्रधुम्नकुमार भट्टराई रहेका छन् ।
फाईनान्सले मुख्य कार्यालय सहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिईरहेको छ भने विभिन्न बचत योजना संंचालन गरिरहेको छ । फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्न्स सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि