७ जेष्ठ २०८१, सोमबार / Mon May 20, 2024

बुडोल सामुदायिक साकोसको २४औं वार्षिकोत्सव समारोह सम्पन्न


बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिकोत्सव समारोह संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा बनेपामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति ढकाल अधिकारी र संचालक माधवप्रसाद जोशी, जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विकास वादे, सञ्चालक सदस्य बालकृष्ण दाहाल, बनेपा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सचितानन्द के.सी., चण्डेश्वरी साकोसका अध्यक्ष नविनभक्त श्रेष्ठ लगायत विभिन्न संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का पूर्व अध्यक्ष तथा सहकारीविद् ऋषिराज घिमिरेलाई “बुसा सहकारी साधना सम्मान–२०७९” समर्पण गरिएको थियो । सोही अवसरमा २०औं वार्षिकोत्सवमा सम्मान घोषणा गरिएको बुसा सहकारी साधना सम्मानबाट मरणोपरान्त स्व. भोजराज घिमिरेलाई सम्मानीत समेत गरियो । सो सम्मान उहाँको छोरा किरण घिमिरे ग्रहण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मिनराज कँडेल, विशिष्ट अतिथि परितोष पौड्याल, अतिथि दिलिप शर्मा, सम्मानित व्यक्तित्व ऋषिराज घिमिरे लगायतले कार्यक्रममा बोल्दै बुडोल सामुदायिक साकोसले सामुदायिक विकासमा पु¥याएको अनुकरणीय भएकोले सहकारी आगामी गन्तव्य भनेको सबै सहकारीलाई बुडोल सामुदायिक जस्तो बनाउनु पर्ने विषय प्रष्ट्याउँदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आ.व.०७८।०७९मा उत्कृष्ट बालबचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरिदकर्ता सदस्यहरू, रक्तदाताहरू, संरक्षित पूँजी फिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने सदस्यहरू र उत्कृष्ट कर्मचारीलाई समेत नगद रकम सहित सम्मान गरिएको थियो । समारोहकै अवसर पारी संस्थाले यो वर्षदेखि शुरुवात गरेको “बुसा शैक्षिक सम्मान” कार्यक्रम अन्तर्गत २०७८ बैशाखदेखि २०७९ पुष मसान्तसम्ममा १०+२, स्नातक, स्नातकोत्तर र एम.फिल. तह उत्तीर्ण गर्ने २७ जनालाई सम्मानका साथै कलेज प्रथम १ जना सदस्यलाई नगदसहित सम्मान गरिएको छ । समारोहमा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा आयोजित “रक्तदान कार्यक्रम”मा ३५ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । साथै कार्यक्रममा बुडोल सामुदायिक साकोसले निर्माण गरेको सन्देशमूलक श्रव्यदृश्य भिडियो लोकार्पण गरिनुको साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।


संस्थाका सचिव जयराम थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रेमनाथ शर्मा कोइरालाले स्वागत मन्तव्य, प्रमुख सल्लाहकार रामहरि के.सीले शुभकामना मन्तव्य र अध्यक्ष कैलाश के.सी.ले धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि