५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

जनसचेतन साकोसद्वारा राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ पिन्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रस जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा संस्थाले रक्तदान गरेको हो । कार्यक्रममा ५० जना पुरुष र १६ जना महिलाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ । समुदाय र सदस्यकेन्द्रीत संस्थाको रुपमा कारोबार गर्दै आएको संस्थाले समय समयमा विभिन्न सामाजिक कारोबार गर्दै आएको छ ।
संस्थाले सहकारी दिवसको अवसर पारेर बिस हजार बराबरको अनाथ बालबालिकाहरु पालनपोषण गर्ने संघ सस्थालाई खाद्यान्न लागायतका अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । संस्थाले चैत्र २० गते मैनापोखरी बजारमा ¥यालि र गाउँपालिकाका कार्यसमिति र सहकारी अभियान्ताहरुको उपस्थितिमा सहकारीको वर्तमान अवस्था तथा स्थानिय तहले सहकारीको विकास र प्रवद्र्धनमा खेल्नुपर्ने भुमिकाको बिषयमा कार्यपत्र प्रस्तुति तथा अन्तक्रिया कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि