७ जेष्ठ २०८१, सोमबार / Mon May 20, 2024

बुडोल सामुदायिक साकोसद्वारा ६६औं राष्ट्रिय सहकारी दिवसमा मन्दिर सफाई कार्यक्रम सम्पन्न


काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहाकरी संस्था लि. ले ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने नाराको साथ ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन अन्तर्गत धार्मिक तथा साँस्कृतिक महत्वका केहि मठ–मन्दिरहरुमा सरसफाई कार्यक्रम अन्तर्गत फोहोर व्यवस्थापनको लागि स्ट्याण्ड सहितको डस्टविन सम्बन्धित मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
पाँचखालको पलाञ्चोक भगवती मन्दिर, नालाको ब्रम्हा मन्दिर, बनेपाको धनेश्वर मन्दिर, जनागालको पाथिभरा मन्दिर र पनौतीको ईन्द्रेश्वर मन्दिरमा कुहिने तथा नकुहिने फोहोरको लागि छुट्टाछुट्टै डस्टविन २ थान र १ थान स्ट्याण्ड सहितको डस्टविन १÷१ सेट र नालाको सपनेश्वर मन्दिर र ईन्द्रशोभा मन्दिरमा डस्टविन १ थान र १ थान स्ट्याण्ड सहितको डस्टविन १÷१ सेट वितरण गरिएको थियो ।
साथै सरसफाई कार्यक्रम अन्तर्गत नै सुब्बागाउँको स्वास्थ्य केन्द्रलाई वातावरणीय सुन्दरताका लागि १ दर्जन गमला पनि हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि