२२ बैशाख २०८१, शनिबार / Sat May 4, 2024

बिन्धवासिनी साकोसको आयोजनामा तेमालमा निःशुल्क दन्त शिविर सञ्चालन


काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको भकुण्डे सेवा कार्यालय र तेमाल गाँऊपालिकाको संयुक्त आयोजनामा दन्त शिविर सम्पन्न भएको छ ।
प्रिमियर डेन्टल क्लिनिकको प्राविधिक सहयोग तेमालको पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा संस्थाले १ दिने निःशुल्क दन्त शिविर गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै तेमाल क्षेत्रका शेयर सदस्य र स्थानीय बासिन्दाहरूको दाँत सम्बन्धी समस्याको उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तेमाल गाँऊपालिका र डेन्टल क्लिनिकसंग समन्वय र सहकार्य गरी निशुल्क दन्त शिविर संचालन गरिएको बिन्धवासिनी साकोसका प्रबन्धक के।बी। लामा स्याङ्तानले बताउनुभयो ।
शिविरमा दन्त स्वास्थ्य परिक्षण, रक्तचाप प्रशिक्षण, दाँत सफा गर्ने, दाँत फुकाल्ने, बच्चाहरूको दाँतमा फ्लोराड लगाएर किरा नलाग्ने बनाउने तथा कृत्रिम दाँत सम्बन्धी परामर्श, दन्त स्वास्थ्य सम्बन्धि परामर्श दिनका साथै निशुल्क औषधि र मन्जन ब्रस वितरण गरिएको थियो ।
बिन्धवासिनी साकोस, सेवा कार्यालय ब्यवस्थापन उप समितिका संयोजक श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा तथा तेमाल गाँऊपालिकाका अध्यक्ष भकुण्डे तेमाल गाँऊपालिका प्रमुख चन्द्र बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरबाट १९६ जनाले सेवा लिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि