२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

चन्द्रागिरि सहकारी र गणेशमानसिहं अस्पतालबीच सम्झौता, सदस्यलाई उपचार गर्दा विशेष छुट


काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र गणेशमानसिहं मेमोरियल स्वास्थ्य सहकारी संस्थालिद्वारा सञ्चालित गणेशमानसिहं मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच सदस्यहरुलाई स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र गणेशमानसिहं अस्पतालका अध्यक्ष दिपक प्रकाश बास्कोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार चन्द्रागिरि साकोसका सदस्य, सदस्यका परिवार र समुदायका गरिब तथा असाहाय व्यक्तिहरुले स्वास्थ्य सेवा छुट प्राप्त गर्नेछन् । त्यसैगरी सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजिमा २०५ र अन्य विशेष सेवाहरु जस्तै क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
साथै वर्षको एक पटक होल बडी चेकअप (सामान्य तथा विशेष स्वास्थ्य प्याकेज समेत) मा ३० प्रतिशत र ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई उल्लेखित सेवाहरु लिँदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । चन्द्रागिरि साकोसका ललितपुर जिल्लाका चन्द्रागिरि सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । यस अघि चैत्र २४ गते सितापाईला स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल संग पनि संस्थाले स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि