२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

आर्थिक मन्दीको प्रभाव : सहकारी क्षेत्रले गुमायो पूँजी, सदस्य र सर्वसाधारणको विश्वास



काठमाडौं । विश्वमा नै देखिएको आर्थिक संकटको चपेटबाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना महामारी, विश्वयुद्ध नै झल्काउने रुस—युक्रेन युद्ध जस्ता विषयले वित्तीय प्रणालीमा देखिएका तरलता अभावले आर्थिक गतिविधिमा कमी आउदा सहकारीको कारोबारमा नकारात्मक असर परेको छ । केही वर्षयता तीव्र गतिमा बढिरहेको सहकारी संस्थाहरुको कारोबारमा गत वर्षदेखि गिरावट आउन थालेको हो ।
वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण नेपालका केही सहकारी संस्थाहरुले बचत फिर्ता गर्न समेत सकेका छैनन् । बचत फिर्ता गर्न नसकेकै कारण सर्वसाधारणको विश्वास सहकारीप्रति घट्दै गएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा समेत सहकारीहरुको कारोबारमा बृद्धिमा प्रभाव पर्न थालेको पाइएको छ । राष्ट्र बैंकले प्रत्येक प्रदेशबाट ७ वटा सहकारी गरी कुल ७० सहकारी संस्थाहरूको अध्ययन गरेको थियो । अध्ययनमा सहकारीहरुमा पुँजीसँगै बचत तथा कर्जा लगानीमा समेत नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सहकारीहरुको कुल पुँजी ९.०२ प्रतिशतले मात्र बृद्धि भएको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा सहकारीहरुको पुँजी १८.१४ प्रतिशतले बढेको छ ।
यसैगरी सहकारीहरुको बचत तथा निक्षेप संकलन भने नकारात्मक भएको छ । सहकारीहरुको कुल बचत र कर्जा ०.७५ प्रतिशत र ०.०८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
संकटका कारण सहकारीका सदस्यहरुको बृद्धिदरमा पनि असर परेको छ । चालू आवको पुसमा सहकारीहरुको सदस्य संख्या १०.४४ प्रतिशतले वृद्धि भएको छ । भने गत वर्षको सोही अवधिमा सदस्य संख्या १२.२० प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा सहकारीहरुको कर्मचारी संख्या ७.९२ प्रतिशतले वृद्धि भएको छ भने गत वर्षको सोही अवधिमा कर्मचारी संख्या १४.०८ प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि