२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

ग्रामिण भेगमा रहेको शैलुङ्गेश्वरी साकोसले बनायो १४ करोडको वासलात, खुद नाफामा ४९% ले वृद्धि


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा न. ०३, माझिफेदामा रहेको शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। ले आ.व. ०७९/८० को असार मसान्तसम्म लगभग १४ करोडको वासलात निर्माण गरेको छ ।
ग्रामिण भेगमा रही सदस्यहरुलाई वित्तीय सेवाका साथसाथै अन्य सेवा सुविधा दिँदै आएको यस साकोसले गत आ.व.मा आफ्नो नाफालाई पनि बढाएको छ । खुद नाफामा अघिल्लो आ.व.को तुलनामा ४९% ले वृद्धि गरेको छ ।
यस अवधीमा संस्थाको शेयर पूँजीमा पनि ४१.०५% ले वृद्धि भएको छ भने ऋण लगानी पनि १९.४८% ले वृद्धि भएको छ ।


हालसम्म संस्थामा ११५२ जना सदस्य आबद्ध भई सेवा लिइरहनु भएको व्यवस्थापक दिपेन्द्र चौलागाईंले बताउनुभयो । संस्था बलियो बनाई सदस्य सेवालाई अझै बिस्तार गर्नका लागि संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक क्रियाकलाप पनि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि