२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

बिन्धवासिनी साकोसको ३० औं साधारण सभा सम्पन्न, कूल सम्पति ४ अर्ब ६४ करोड


काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३० औं वार्षिक साधरण सभा असोज ५ र ६ गते गरी दुई चरणमा सम्पन्न गरेको छ । पहिलो चरणको कार्यक्रम अन्र्तगत संस्थाले असोज ५ गते बनेपा, पाँचखाल र भकुण्डे क्षेत्रमा साधारण सभा सम्पन्न गरेको हो ।

बनेपा क्षेत्रमा संस्थाका सचिव डोरेन्द्रराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य प्रमुख आतिथ्यता रहेका थियो । पाँचखाल क्षेत्रमा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । भकुण्डे क्षेत्रमा संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाको अध्यक्षता एवं रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामा एवं सहकारी शाखा प्रमुख नविन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको संस्थाले जनाएको छ ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रम अन्र्तगत असोज ६ गते खोपासी, पनौती, ढुंखर्क र बानेश्वर क्षेत्रमा ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । खोपासी क्षेत्रमा संस्थाका सचिव डोरेन्द्रराज सापकोटाको अध्यक्षतामा एवं पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको छ भने पनौती क्षेत्रमा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अक्ष्यक्षतामा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारकोको प्रमुख अतिथ्यतामा सभा सम्पन्न गरेको हो । त्यसैगरी ढुंखर्क क्षेत्रमा संस्थाका कोषाध्यक्ष भिम वहादुर खत्रीको अध्यक्षता एवं बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न गरेको संस्थाले जनाएको छ । बानेश्वर क्षेत्रमा संस्थाका उपाध्यक्ष रामहरि शर्माको अध्यक्षता एवं संस्थाका सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

दुई चरण सम्पन्न क्षेत्रगत साधारण सभा कार्यक्रममा संस्थाले संस्थाको २०७९÷०८० को प्रगति प्रतिवेदन, आ।व। २०८०÷८१ को संशोधित र २०८१।८२ को प्रस्तावित बजेट तथा कार्यक्रम लगायत आ।व। २०७९÷०८० को संचालक समितिको कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी चालु आ।व। २०८०÷८१ को संशोधित र आगामी आ।व। २०८१÷८२ को प्रस्तावित बजेट तथा कार्यक्रम, आ।व। २०७९÷०८० को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ।व। २०७९÷०८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन, २०७९÷०८० को शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ताकोषको वितरण , संस्था एकिकरण , आ।व। २०८०÷०८१ को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा नियमावली र कार्यविधि संशोधन लगायत विविध विषयमा छलफल गरी क्षेत्रगत निर्णय गर्नुका साथै सो क्षेत्रबाट अन्तिम निर्णय प्रमाणिकरणका लागि सोही सभाबाट क्षेत्रगत प्रतिनिधि छनौट गरी अन्तिम निर्णय प्रमाणिकरण सभा गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत के।वि लामा स्याङतान्ले जानकारी दिए ।

साथै संस्थामा हाल दुई हजार तीन सय चार वटा समूहमा आवद्ध ५१ हजार दुई सय जना सदस्य, १० हजार ३८ जना शैक्षिक बाल बचतकर्ता सहित कूल ६१ हजार दुई सय ३८ जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको शेयर पूँजी रु. ४९ करोड ५३ लाख ९५ हजार, बचत संकलन रु. ३ अर्ब २० करोड ६४ लाख, लगानीमा रहेको रकम रु. ३ अर्ब ६९ करोड ४७ लाख भई कूल कुल सम्पत्ति चार अर्ब ६४ करोड ८४ लाख पु¥याउन संस्था सफल भएको सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि