१३ बैशाख २०८१, बिहिबार / Thu Apr 25, 2024

सक्षम साकोसको २८ औं साधारण सभा सम्पन्न, विभिन्न विधामा सम्मान समर्पण


बनेपा । सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारण सभा सहकारी विज्ञ तथा नेफ्कूनका पुर्व अध्यक्ष कैलाशभक्त प्रधानाङगको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले यसो भन्नुभयो :

“सहकारीले सदस्यको विश्वास जित्नुपर्छ । गलत गर्ने सहकारी कारवाहीको दायरामा आउनुपर्छ, सहकारी क्षेत्र छिट्टै शुद्धिकरण हुनेमा म विश्वस्त छु ।”


कार्यक्रमका सभापति संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठले यसो भन्नुभयो :

“आर्थिक मन्दी, नेपाल सरकारका जिम्मेवार निकायको असावधानी, सहकारी क्षेत्रमा छाता संगठनहरुको लापरवाही, सहकारी संस्थाहरुको गैरजिम्मेवारीपनका कारण केहि सहकारीका कारण राम्रा सहकारीमा पनि संकट आउनु दुखद हो । सक्षम साकोसले सहज, प्रविधिमैत्री सेवामा जोड दिदै आएको छ ।”

कार्यक्रममा सचिव सरोजकाजी श्रेष्ठले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन संक्षेपिकरणमा प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनोज थापाले प्रस्तुत गरेका गर्नुभएको थियो । लेखा तथा सुपरिवेक्षण समितको प्रतिवेदन संयोजक राजेश मानन्धर, सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जेष्ठ नागरिक उप–समितिको प्रतिवेदन संयोजक मणिराज श्रेष्ठ, शिक्षा तथा सामाजिक उप–समिति संयोजकको प्रतिवेदन संयोजक भवानी जोशीले प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाको अवसर पारेर उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । उत्कृष्ट नियमित बचतकर्ता सरिता शाक्य, सन्ध्याकालिन बचतकर्ता ओमकृष्ण बादे, बाल बचतकर्ता नाविन जस्पाउ, उत्कृष्ट ऋणी विना श्रेष्ठ, उत्कृष्ट कर्मचारी साँगा सेवा केन्द्रकी रजनी खड्का सम्मानित हुनुभएको छ ।

यस्तै सक्षम गरिबी निवारण कोष प्रतिवेदन संस्थाकी प्रबन्धक पार्वती थापाले प्रस्तुत गर्नुभएको थियो । संस्थाले एक रुपैयाँ गरिबका लागि मेरो सहयोग सधैंका लागिः कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

एक रुपैयाँ गरिबका लागि मेरो सहयोग सधैंका लागिः कार्यक्रम

संस्थाले सुरु गरेको एक रुपैयाँ गरिबका लागि मेरो सहयोग सधैंका लागिः कार्यक्रम सञ्चालन गरिरहेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई केही राहत पु¥याउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जानकारी दिएको छ । उक्त कार्यक्रम मार्फत २५ हजार रुपैयाँसम्म १ प्रतिशत ब्याजमा बिना धितो ६ महिनासम्म ऋण प्रदान गर्ने गरिएको संस्थाकी प्रबन्धक पार्वती थापाले जानकारी दिनुभएको छ ।


कार्यक्रममा सञ्चालन संस्थाका उपाध्यक्ष भवानी जोशीले गर्नुभएको थियो । अतिथिहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य संस्थापक मणिराज श्रेष्ठले राख्नुभएको थियो

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि