१४ बैशाख २०८१, शुक्रबार / Fri Apr 26, 2024

दोलखा जिल्ला बचत संघको अध्यक्षमा भुमिराज खड्का, अन्यमा पदमा को ? (हेर्नुहोस्)


दोलखा । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को अध्यक्षमा भुमिराज खड्का सर्वसम्मत निर्वाचित भएका छन् । संघको २५ औं साधारण सभाबाट भुमिराज खड्काको अध्यक्षतामा १७ सदस्यीय संचालक समिति र गोपालध्वज श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको संचालक समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी, उपाध्यक्ष नारायणबहादुर श्रेष्ठ, महासचिव तेन्जिङ शेर्पा, सचिवमा सर्मिला सापकोटा र कोषाध्यक्षमा पर्शुराम कार्की सर्वसम्मत निर्वाचित भएको छन् ।

संघको निर्वाचित सदस्यहरुमा ध्रुव सापकोटा, डम्बरबहादुर खड्का, गणेशबहादुर बस्नेत, भानुदेवी नेपाली, मिङ्माछेरी शेर्पा, मिना जिरेल, मन्दिरा लामिछाने, डम्बरबहादुर आचार्य, सिताराम दहाल, मेघराज केसि, लक्ष्मी दहाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति सदस्यमा कृष्णकुमार श्रेष्ठ र कालिका ओलि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि