१५ बैशाख २०८१, शनिबार / Sat Apr 27, 2024

आभाष साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर


काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्व क्यान्सर दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
आभास साकोसले नेपाल अर्बुद रोग निवारण संस्था काभ्रेसँगको सहकार्यमा आइतबार बनेपा–५ स्थित घोकेचौरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो ।
नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशनले प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।


शिविरमा १७ जनालाई क्यान्सर सम्बन्धी इन्फेक्सनको औषधी प्रदान गरिएको थियो भने २ जना क्यान्सर पीडितको उपचार गरिएको आभाष साकोसका प्रमुख प्रबन्धक सुवास वैद्यले जानकारी दिनुभयो । उनका अनुसार शिविरमा आङ खसेकी एक महिलाको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि