२३ बैशाख २०८१, आइतबार / Sun May 5, 2024

चालु ६ महिनामा १२ अर्ब ४० करोडको बिजुली भारत निर्यात


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ४० करोड रुपैयाँको बिजुली निर्यात गरेको छ ।
प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिभन्दा ४७।९७ प्रतिशत बढी रुपैयाँको बिजुली निकासी गरको हो ।
राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार गत वर्ष साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा प्राधिकरणले ८ अर्ब ३८ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा प्राधिकरणबाट गत आर्थिक वर्षभरीमा निर्यात भएको बिजुलीभन्दा १९ प्रतिशत बढी बिजुली निकासी भएको छ । गत आर्थिक वर्षभरीमा १० अर्ब ४२ करोड रुपैयाँ बराबरको मात्रै बिजुली निकासी भएको थियो ।
नेपालमा नदी प्रवाहमा आधारित ९रन अफ रिभर० जलविद्युत परियोजना धेरै भएकाले बर्खायाममा बिजुली निकासीमा वृद्धि हुन्छ ।
भारतमा बिजुली खरिद बिक्री हुने इन्डियन इनर्जी एक्सचेञ्ज (आइएक्स)को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत प्राधिकरणले नेपालका विभिन्न १४ परियोजनाबाट उत्पादित बिजुली बिक्री गर्ने गर्छ ।
निजी क्षेत्रले निर्माण गरेका परियोजनाबाट उत्पादित बिजुली आइएक्सको प्रणालीबाट बिक्री गर्न भारत सरकारले अनुमति दिएपछि नेपालबाट निर्यात हुने बिजुली बढेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
चालु आर्थिक वर्षको ६ महिनामा भारततर्फ निकासी हुने बिजुलीमा उल्लेख्य वृद्धि हुँदा भारतबाट आयात हुने बिजुली १३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि