१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

मुलुकभर रहेका सहकारीको तथ्याङ्क अद्यावधिक गर्दै सहकारी विभाग


काठमाडौं । सहकारी विभागले मुलुकभर रहेका सहकारीको पछिल्लो तथ्याङ्क अद्यावधिक गर्ने भएको छ । आर्थिक सर्वेक्षण २०८०÷८१ मा समावेश गर्नका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायतका निकायलाई उपलब्ध गराउन विभागले सहकारी क्षेत्रको तथ्याङ्क अद्यावधिक गर्न लागेको हो ।

विभागले आज मुलुकभरिका सबै स्थानीय तहलाई परिपत्र गरेर एक महिना भित्र विभागको ईमेल ठेगानामा प्रदेश नियमन क्षेत्रभित्र पर्ने सहकारीको विवरण पठाउन भनेको छ । विभागले कुल सहकारी संस्था, कुल सदस्य संख्या, महिला सदस्य, पुरुष सदस्य, कुल शेयर पुँजी, कुल बचत संकलन, कुल ऋण लगानी र प्रत्यक्ष रोजगारीको संख्या सहितको विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरेको छ ।

यस अघि संघीय सहकारी विभागले २०७७ पुस २० गते प्रदेश र स्थानीय तहबाट प्राप्त भएको तथ्याङ्कको आधारमा सहकारी झलक, २०७७ प्रकाशन गरेको थियो । विभागले लामो समय सम्म सहकारीको विस्तृत तथ्याङ्क अद्यावधिक गर्न नसक्दा राज्यलाई सहकारी क्षेत्रको बारेमा प्रभावकारी नीति तथा कार्यक्रम तय गर्न र बजेट विनियोजन गर्न समस्या पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि