१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

२०६७ सालदेखि जनसचेतन साकोसका ज्येष्ठ सदस्यलाई ‘जनसचेतन आजीवन सहारा भत्ता’


दोलखा । मुलुकभर नै सहकारी संस्थाहरु विवादित बन्दै जाँदा समुदायिमा आधारित संस्थाहरुले भने आफ्ना सदस्यहरु लाभान्वित हुने लोकप्रिय कार्यक्रम गरिरहेका छन् ।
मुलुकभरकै उत्कृष्ट संस्था मध्येको एक जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले २०६७ सालदेखि जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको छ । संस्थाले ७५ वर्ष उमेर पुगेका सदस्यहरूलाई मासिक पाँच सय रुपैयाँको दरले जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको छ ।
जनसचेतन आजीवन सहारा भत्ता प्राप्त गर्न कुनै अतिरिक्त शुल्क नलाग्ने तर ६० वर्ष उमेर पुग्नु अगावै सहकारी संस्थाको सदस्य भएको र २० हजारसम्मको शेयर तथा ३० हजारसम्म बचत रहेको वा शेयर रकम कम भएपनि ५० हजारसम्म बचत रहेको सदस्यहरूलाई जनसचेतन आजीवन सहारा भत्ता उपलब्ध गराइने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले बताउनुभयो । प्रत्येक तीन÷तीन महिनामा उपलब्ध गराइने यो भत्ता माघ महिनामा एक सय १२ जनाले प्राप्त गरेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि